Tuesday December 3, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

छथर गाउँपालिकाकाे दन्त उपहार कार्यक्रम सुरु

IMG

तेह्रथुमको छथर गाउँपालिकाले शनिवार देखि तीन दिनसम्म संचालन हुनेगरी दन्त उपहार कार्यक्रम सुरु गरेको छ । 

छथरका जेष्ठ नागरिकहरुलाइ लक्षीत गरि गाउँपालिकाको आयोजना तथा हेल्पिङ युथ इटहरीको सहकार्यमा दन्त उपहार कार्यक्रम संचालन भएको हो ।  शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको उक्त कार्यक्रम आगामी मंगलबार सम्म छथर अस्पतालमा संचालन हुने भएको छ । नागरिकका हरेक समस्यालाई संवोधन गर्ने प्रयत्न गर्ने नीति स्थानीय सरकारले लिएको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनु भएको छ । 

स्थानीय नागरिकलाई सहज हुनेगरि करिब १६ लाख बराबरको कृतिम दाँत उपहार स्वरूप प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । दाँत लगाइसके पछि कुनै समस्या भएमा १० वर्षसम्म निःशुल्क सेवा प्रदान गर्ने हेल्पिङ युथले जनाएको छ । उक्त संस्था सेवाग्राहीलाई १० बर्षे ग्यारेन्टी कार्ड समेत प्रदान गरिएको छ ।  

दन्त शिविरलाई पुर्वान्चल डेन्टल हस्पिटल प्रालीले डाक्टर तथा प्राबिधिक सहयोग उपलब्ध गराई रहेको छ ।

कमेन्ट गर्नुहोस्