तेह्रथुम १५ बैशाख/ स्थानीय तह
निर्वाचन आचार संहिता २०७८ सम्वन्धी दलहरुसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले विहिवार
छलफल गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याङलुङमा भएको स्थानीय तह
निर्वाचन आचार संहिता २०७८ सम्वन्धी छलफल, जिल्ला स्थित
क्रियाशिल दलका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीहरुको
सहभागितामा भएको हो ।
आसन्न स्थानीय तह निर्वाचन २०७९ मा दल र उम्मेरदवारेले
प्रचारप्रसार तथा सभा संचालन गर्दा अपनाउनु पर्ने मापदण्ड, सवारी साधनको प्रयोग, मतदाताको परिचय पहिचान,
आचार संहिता उल्लंघन, सजाय लगायतका विषयमा छलफल
भएको हो ।
निर्वाचन वालिग मताधिकारका आधारमा प्रतिनिधि छान्ने प्रक्रिया मात्र
नभई, जनतालाई सशक्त तुल्याउने लोकतन्त्रको मेरुदण्ड भएको
हुनाले, निर्वाचनलाई खर्चिलो र भड्किलो नबनाई राजनीतिक आस्था,
निष्ठा, विचार र सिद्धान्त बचाउदै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउन मुख्य
निर्वाचन अधिकृत जिल्ला न्यायधीस माननीय महेन्द्र
प्रसाद पोखरेलले दललाई आग्रह गर्नुभयो ।
यसैगरि कर्मचारी जनसेवक भएकोले पक्ष विपक्षमा तथा प्रलोभनमा नपरी पूर्ण रुपमा
आचार संहिताकोको पालना गर्दै आसन्न निर्वाचनमा नागिरकको मतदान गर्ने अधिकारलाई सजह
बनाउन समेत कर्मचारीलाई निर्देशन गरिने प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले
बताउनु भयो ।
कमेन्ट गर्नुहोस्