Monday October 7, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

नागरिकता विधेयकबारे राष्ट्रपतिले सैनिक अधिकारीसँग परामर्श गर्नु संविधान अनुकूल भएन: बाबुराम

IMG

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु संविधान अनुकूल नभएको बताएका छन्। 

उनले बिहीबार ट्विट गर्दै राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार नदिएको उल्लेख गरेका छन्। 

नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन,’ उनले लेखेका छन्, ‘नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन।चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन!’

 

कमेन्ट गर्नुहोस्