तेह्रथुम। २ वर्षदेखि क्रममागत रुपमा निर्माण
सुरु भएको लालीगुराँस
नगरपालिका ९ स्थित पिंगुवा
गुर्धुम काँडे सिचाई
ओजना निर्माण भएपछि किसानले सिचाई सुविधामा सहज हुने
भएको छ । ३८ लाख बढी रकममा निर्माण
भई रहेको सिचाई
योजनाबाट ३६ हेक्टर क्षेत्रफलमा हिउँद वर्षात नै सिचाई सुविधा पुग्ने
भएको उपभोक्ता
समितिका सचिव धिरेन कुमार गुरुङले बताए । सिचाई सुविधा नहुनाले लालीगुराँस
९ काँडे किसान
समस्या थिए ।
कृषि उपज, तरकारी र अलैची खेतीका लागि
प्रयोग हुने कुलो नहुँदा किसानले सिचाईको लागि समस्या भोग्दै आएका थिए । तर अहिले
साना सिचाई कार्यक्रमबाट कुलो निर्माण भएपछि लालीगुराँस नगरपालिका काँडेका किसानहरुको
सिचाई समस्या हट्ने भएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन तेह्रथुम मार्फत प्रदेश सरकार र
उपभोक्ताको जनश्रमदानमा कुलो निर्माण भएको हो । पिंगुवा गुर्धुम काँडे साना सिचाई ओजना
३८ लाखमा निर्माण भएको हो । सिचाई योजना सम्पन्न भएपछि व्यवसायीक कृषि उपज उत्पादनमा
सहज हुने उपभोक्ता हेम लिम्वुले बताए ।
सिचाई योजनाबाट ३६ हेक्टर क्षेत्रफलमा
हिउँद वर्षात नै सिचाई सुविधा पुग्ने भएको छ । २ हजार ८ सय मिटर लामो पक्कि कुलो निर्माणका
लागि उपभोक्ताको ६ प्रतिशत र प्रदेश सरकारको ३८
लाख लगानी रहेको छ ।
कमेन्ट गर्नुहोस्