Monday October 7, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

फेदाप गाउँपालिकामा श्रमदानबाट कुलो निर्माण

IMG

तेह्रथुम  । फेदाप गाउँपालिका १ सिम्लेका बासिन्दा श्रमदान गरी गाउँमा सिंचाई कुलो ल्याएउन लागी परेका छन् । ग्रामिण सडक निर्माण गर्दा कुलो पुरीएपछि गाउँलेले सिंचाई समस्या भोग्दै आएका थिए ।
पाँच किलोमिटर दुरीको कच्ची कुलो निर्माणका लागि दुई साता सम्म समय लाग्ने स्थानीय गंगा कुरुङवाङले वताए । श्रमदान अभियानमा महिला, पुरुष, युवा, युवतीको उल्लेख्य उपस्थिती छ । स्थानीय बासिन्दा स्वतस्फुर्त रुपमा सहभागी भएर निर्माण गरीरहेको सिंचाई कुलोको गाउँपालिका अध्यक्ष केशव प्रसाद भेटवालले अनुगमन निरीक्षण गरेका छन् । गाउँपालिकाले समपुरक कोषबाट भुक्तानी हुनेगरी तत्काललका लागि १ लाख रुपैयाँ र श्रमदानमा जुटेका स्थानीयका लागि खाजा खर्च उपलब्ध गराएको छ ।


कमेन्ट गर्नुहोस्