Thursday November 7, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

कृषि, शिक्षा र सडकलाई प्राथमिकतामा राख्दै लालिगुराँस नगरपालिकाको नगर सभा तथा वजेट अधिवेशन सम्पन्न

IMG

तेह्रथुम । लालीगुराँस नगरपालकाको १२ औं नगर सभा तथा सातौं वजेट अधिवेशन आईवार सम्पन्न भएको छ । आन्तरीक तयारी नपुगेको भन्दै निर्धारीत समय भन्दा ढिलो नगरसभा सम्पन्न भएको हो ।

अधिवेशनमा नगर प्रमुख अर्जुन मावोहाङले ४९ करोड ९ लाख ६७ हजार वरावरको वजेट सार्वजनीक गर्नु भएको हो । कृषि, शिक्षा र सडकलाई प्राथमिकतामा राख्दै आगामी १ बर्ष भित्रमा नगरका सवै सडकलाई हिलो र धुलो मुक्त गर्ने योजना नीति तथा कार्यक्रममा समेटीएको छ । व्यवहारीक शिक्षा, प्रांगरिक कृषि, ग्रामिण, धार्मिक तथा सांस्कृतिक पर्यटन, सर्वसाधरणको पहुंचमा स्वास्थ्य, जंक फुड मुक्त पोषण, हिलोमुक्त सडक लालीगुराँस नगरपालिकाको अभिायनभन्ने नाराका साथ वजेट ल्याईएको नगर प्रुमख मावोहाङले वनताउनु भयो

कार्यक्रमकी प्रमुख अतिथी शहरी विकास मन्त्री सिता गुरुङले नगर र समग्र जिल्लाको विकासका लागि आफुले मन्त्रालय बाट १ अर्व ५७ करोड ८८ लाख रुपैंया वजेट पठाएको वताउनु भयो । उहाँले मन्त्रालय बाटै जुम मार्फत नगरसभालाई सम्वोधन गर्नु भएको थियो । नगर सभामा कृषि तथा पशुपंक्षी, सिंचाई, उद्यम विकास, पर्यटन, भुमि व्यवस्था तथा सहकारी, सामाजीक विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद क्षेत्रको विकासका लागि नीति तथा कार्यक्रममै सम्वोधन गरीएको छ । त्यस्तै जेष्ठ नागरिक, महिला तथा बालवालीका, खानेपाली, पुर्वाधार विकास, आवास भवन तथा वस्ती विकास, सडक तथा यातायात, सुचना प्रविधी, वन तथा वातावरण, सुशासन तथा संस्थागत विकास लगायत क्षेत्रको विकास लागि पनि वजेट मार्फत सम्वोधन गरिएको नगर प्रमुख मावोहाङले वताउनु भयो

नगरसभालाई सम्वोधन गर्दै नगर प्रमुख मावोहाङले केन्द्र सरकार बाट आउनु पर्ने ठुलो रकमको वजेट कटौती भएको र आन्तरीक आम्दानी पनि थोरै मात्र संकलन भएकाले श्रोत अभावमा करारका अधिकांश कर्मचारी कटौती गर्न लागिएको जानकारी गराउनु भयो । 

कमेन्ट गर्नुहोस्