तेह्रथुमको
म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २
जनाको मृत्यु भएको छ । म्यङलुङ नगरपालिका वडा नं ८ का २८ वर्षिया सविन लिम्वु र २७ वर्षीया सँगम तामाङको उपचारका क्रममा जिल्ला अस्पताल तेह्रथुममा
मृत्यु भएको अस्पतालले जनाएको छ । आईतवार साझ ५ बजे को १४ प ८९२ नम्वरको पल्सर मोटरसाइकल मध्यपहाडी
लोकमागर्गको म्याङलुङ जिरिखिम्ती सडकखण्डको पेट्रोल पम्प
छेउमा दुर्घटना भएको हो । तिव्र गतिमा रहेको मोटरसाइकलले पैदलयात्रीलाई जोगाउने
क्रममा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विद्यासागर मेहताले
जानकारी दिए । मृतकको शव जिल्ला अस्पताल तेह्रथुममा पोष्टमार्टमको लागि राखिएको छ ।
कमेन्ट गर्नुहोस्