तेह्रथुमको म्याङलुङमा निर्माण भएको ढाकाको स्तम्भको विहिवार उद्घाटन गरिएको छ । म्याङलुङ बजारको टुडिखेलमा प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको साझेदारीमा निर्मित ढाकाको स्तम्भको नगरप्रमुख संजयकुमार तुम्वाहाङ्फेले अनावरण गरि उद्घाटन गर्नुभएको हो ।
प्रदेश सरकारको
बजेटमा घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुम मार्फत ९ लाख ६५ हजार र म्याङलुङ
नगरपालिकाको २ लाख ५० रुपैयामा निर्माण
गरिएको म्याङलुङ नगरपालिकाले जनाएको छ । ढाका कपडाको प्रतिक स्वरुप लिम्वुनी भेषमा तान
वुन्दै गरेको महिलाको स्तम्भ बनाईएको छ । तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको
१ वर्षपछी पर्यटन प्रवर्दनका लागि जिल्लालाई ढाका कपडाको राजधानीका रुपमा चिनाउन स्तम्भ
निर्माण गरिएको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दे नगरप्रमुख तुम्वाहाङफेले बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृण्ण पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका
प्रमुख प्रदिप पौडेल, म्याङलुङ
नगरपालकाका नगरउप्रमुख जमुना कार्की सुवेदी,
तिनवटै सुरक्षा निकायका प्रमुख जनप्रतिनिधी, राजनीतिज्ञ र स्थानीयवासीहरुको
उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्