Monday October 7, 2024  |    | 
    | Preeti to Unicode | Unicode to Preeti | Roman to Unicode | Date Converter

तेह्रथुमको म्याङलुङमा नेत्रगुरागाँई स्मृति गोल्ड कप सुरु

IMG

तेह्रथुमको म्याङलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेत्रगुरागाँई स्मृति गोल्ड कप पुरुष तथा महिला आमन्त्रित फुटबल प्रतियोगीता र रमाईलो मेला सुरु भएको छ ।

म्याङलुङ स्पोटिङ क्लवकाद्वारा आयोजित प्रतियोगिता विहिवार नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेबाट उद्घाटन कार्यक्रम गरि  खेल सुरु गरिएको क्लवका अध्यक्ष प्रविण मोतेले बताए । विहिवार सुरु भएको प्रतियोगीतामा  आयोजक म्याङलुङ स्पोटिङ क्लवलाई  सागुरीगडी धनकुटाले शुन्यका विरुद्ध २ गोलले हराएको छ । त्यसैगर सशस्त्र प्रहरी बल पूर्वाञ्चलले मेन्छ्यायेम गाउँपालिका तेह्रथुमलाई सुन्यका विरुद्ध २ गोलले हराएको छ । शुक्रवार दिउसो ३ बजेदेखी महिला तर्फ म्याङलुङ स्पोटिङ क्लव र भोजपुर नगरपालिका बिच खेल हुने आयोजकले जनाएको छ ।

भदौ २१ गतेसम्म संचालन हुने खेलमा पुरुषतर्फ १६ वटा टिम र महिलातर्फको खेलमा ८  टिमको सहभागीता रहने आयोजकले जनाएको छ । फुटवल खेल नकआउटका आधारमा खेलाइने  आयोजक कमिटीका अध्यक्ष मोतेले बताए ।

पुरुषतर्फ फुटबल खेलको प्रथम टिमले नगद २ लाख कप मेडल र प्रमाणपत्र पाउने छन्  भने दोस्रो हुने टिमले नगद १ लाख कप मेडल र प्रमाणपत्र पाउने छन् । त्यसैगरी महिला तर्फको प्रथम हुने टिमले नगद १ लाख कप मेडल र प्रमाणपत्र दोस्रो हुने टिमले नगद ५० हजार कप मेडल र प्रमाणपत्र पाउने छन् । खेलका विभिन्न ८ विधाका विजेतालाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । पुरुष तथा महिला खेलको मुख्य प्रायोजन म्याङलुङ नगरपालिका र सहप्रायोजन गोर्खा ब्रुअरी प्रालि काठमाण्डौको रहेको आयोजकले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्