तेह्रथुम । नेकपा एमाले को असोज १२ र १३ गते बिराटनगरमा
हुने प्रथम कोशी प्रदेश अधिवेशनका लागि तेह्रथुमका ६ वटै पालिकाबाट सर्वसम्मत
प्रतिनिधि छनोट भएका छन् । यस
पटक जिल्लाका ६ वटा स्थानीय तह तथा दलित र मजदुर
क्षेत्रबाट गरि ४३ जना प्रतिनिधि छनोट भएको नेकपा एमाले तेह्रथुमलेका उपसचिव छत्र
रिमाले बताए ।
एमाले कोशी प्रदेश
कमिटीमा रहेका ११ जना सदस्यहरु मध्ये सचिवालय सदस्यहरु अनुभूति बम नेपाली, किशोर चन्द्र दुलाल र लक्ष्मण तिवारी तथा
प्रदेस कमिटी सदस्यहरु गोबिन्दराज श्रेष्ठ, कमला
दर्नाल, रुपादेवी कन्दङवा, टंक खड्का, बाबुराम
थापा, रेनुका भट्टराई र श्रीकृष्ण दाहाल गरि १० जना
पुरानै अनुहारहरू प्रतिनिधि छनोट भएका छन् ।
संविधान सभा निर्वाचन
२०६४ बाहेक, प्रत्येक
निर्वाचनमा चुनाव जित्दै आएको नेकपा एमालेले गएको प्रतिनिधिसभा तथा प्रदेशसभा
निर्वाचनमा, प्रतिनिधिसभा र प्रदेशसभा
निर्वाचन क्षेत्र २ मा हार व्यहोर्नु पर्यो भने,
प्रदेश निर्वाचन क्षेत्र १ मा आफ्नो विराषत कायम गरायो । प्रदेशसभा निर्वाचन
क्षेत्र २ मा एमालेले आफ्ना उम्मेदवार किशोरचन्द्र दुलालाई जिताउन सफल भएको थियो। साथै
समानुपानिक तर्फका उम्मेरदवार कमला दर्नाललाई समेत प्रदेशसभा सदस्य बनाउन सफल भएको
थियो ।
तेह्रथुमबाट प्रतिनिधि
छनोट भएका मध्ये हाल नेकपा एमाले कोशी प्रदेस कमिटी सचिवालय सदस्य अनुभूती बम नेपालीले कोशी प्रदेश
कमिटीको ५ पदाधिकारी मध्ये उपसचिवका लागि उम्मेदवारी दिने तयारी सहित आफु प्रतिनिधि
बनेको बताए । नेपाली करिब १० वर्ष पार्टीको जिल्ला कमिटी, तत्कालीन कोशी अञ्चल कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै हाल कोशी
प्रदेश कमिटीको सचिवालय सदस्यमा रहि
पार्टीको तर्फबाट कोशी प्रदेसको जनवर्गीय संगठन मुक्ति समाजको इन्चार्जको भुमिकामा
रहि काम गर्दै आइरहेका छन् ।
२०४६ साल देखि विद्यालय
तहबाट विद्यार्थी राजनीति शुरु गरेका नेपाली अनेरास्ववियु तेह्रथुमको अध्यक्ष र
नेपाल उत्पीडित जातीय मुक्ति समाज तेह्रथुमको सचिव, तत्कालीन कोशी अञ्चल कमिटीको सचिव, केन्द्रिय कमिटी सदस्य तथा सचिव हुँदै हाल
उपाध्यक्षको जिम्मेवारीमा रहि कोशी प्रदेशको इन्चार्जको रुपमा काम गरिरहेका छन्।
नेकपा एमालेको आठौ, नवौं
र दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि तथा प्रथम विधान महाधिवेशनमा समेत
प्रतिनिधिको रुपमा प्रतिनिधित्व गरिसकेका नेपालीले पार्टी केन्द्रिय प्रचार विभागको
सदस्यमा रहेर काम गरेका छन् ।
२०७४ सालको प्रतिनिधि
सभा तथा प्रदेससभा निर्वाचनमा नेकपा एमालेले नेपालीलाई समानुपातिक तर्फबाट प्रदेश
सभा सदस्यको उम्मेदवार भनाएको थियो । तर उनि प्रदेश सभा सदस्यमा पर्न सकेनन् ।
कुनै पनि समयमा विचलित नभई लामो समय देखि निरन्तर पार्टी भित्र इमान्दारी पूर्वक
काम गर्दै आइरहेका नेपाली, अवसरमा भने ओझेलमा परेका नेताको रुपमा परिचित
छन् । ३५ बर्ष लामो राजनीतिक यात्रामा निरन्तर जनसंगठन तथा पार्टी कमिटीको
महत्त्वपूर्ण जिम्मेवारीमा रहि काम गर्न सक्नु भनेको नेपालीको लागि पार्टी प्रतिको
निष्ठा, वलीदान र त्याग नै देखिन्छ ।
सामाजिक न्याय र समावेसीतालाई
प्राथमिकता राखेर काम गर्नु पर्छ भन्ने मान्यता राख्ने नेपाली कोशी प्रदेशका १४
जिल्लामानै अगुवा नेताका रुपमा चिरपरिचित भइसकेका छन् । र एउटा कुशल संगठकको रुपमा
काम गर्दै आइरहेका छन् । पार्टीको सिद्धान्त, विचार
र कार्यक्रम
प्रति सदैव विश्वस्त रहने नेपाली, पार्टीले सुम्पेको जिम्मेवारी लुशलता पुर्वक
पूरा गर्ने कामयामी नेताको रुपमा स्थापित छन्।
आसन्न असोज १२ र १३ गते
हुने नेकपा एमालेको कोशी प्रदेश प्रथम अधिवेशनले आफुले चाहेको जिम्मेवारी प्राप्त
भएको खण्डमा पार्टीको संगठनात्मक तथा बैचारिक क्षेत्रमा प्रतिबद्ध भएर महत्त्वपूर्ण
योगदानका साथ काम गरेर देखाउने समेत नेपालीले बताएका छन् ।
कार्यकर्ता तथा आम
जनतासँग मिलनसार नेपाली, बिगतमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दा
गरीवीको रेखामुनी रहेका जनताको जीवनस्तर उकास्न आयाआर्जन तथा रोजगारी सिर्जना, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय शिक्षा, प्रकोप जोखिम न्यूनीकरण, पुर्वाधार
विकासका क्षेत्र लगायत सामाजिक विभेदको विरुद्धमा नेतृत्वदायी भुमिकामा रहि काम
गरिसकेका एक विकासप्रेमी र परिवर्तनकारी अभियान कर्मी युवा नेताको रुपमा नेपालीले, पहिचान
बनाई सकेका छन् । स्नातकोत्तर अध्ययन पूरा गरेका नेपाली कर्म प्रति विश्वास गर्ने, मिहिनेती, परिश्रमी
र पथप्रर्दशकको रुपमा मानिन्छन् ।
कमेन्ट गर्नुहोस्